बाँके घटनामा संग्लग्नलाई कार्बाही हुन्छ: गृहमन्त्री थापा

आइतवार, भदौ २९, २०७६



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुरामा भएको घटनामा संग्लग्नलाई कार्बाही गर्ने बताएका छन ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले नेपाली काँग्रेसले गरेको राष्ट्रिय जागरण अभियानकाे क्रममा भएकाे घटनाकाे बारेमा जानकारी दिएका छन ।  गत २६ गते बाँके खजुराका हेमन्त थापा र लोकजन शाही लगायतले कांग्रेस बाँके सभापति किरण कोइराला माथि सांघातिक आक्रमण गर्दा उनकाे हातमा गम्भीर चोट लागेको प्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको बताए । उनले घटनामा संग्लन केहीलाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाएको र अन्यलाइ कार्बाहीकाे दायरमा ल्याउने काम भइरहेकाे जनाएका छन ।

नेपाली काँग्रेसका सभासदले भने, किटानी जाहेरी भएका व्यक्तीहरुको नाममा  उजुरी दर्ता नगरेको भन्दै आपत्ती जनाएका छन । उनीहरुले  गृहमन्त्रीकाे जवाफ प्रति चित्त नबुझेकाे जनाउँदै दाेषीलाई  तत्काल कार्बाहीकाे दायरामा नल्याए सदन चल्न नदिने बताए ।

सांसदहरुको प्रश्न प्रति  गृहमन्त्री थापाले घटनालाई राजनीति गर्न खोजिएको भन्दै दिएको जवाफ प्रति नेकपाले कुनै निर्णय गरेर नभएको र नेकपाको यस्तो किसिमको नीति र निर्देशन नभएको स्पष्ट पारे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments