अपराधलाई पूर्ण निषेध गर्न सक्दैनौं: गृहमन्त्री थापा

मङ्लबार, साउन ७, २०७६



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला बलात्कार पछिको हत्याकाण्डलाई राजनीति गर्न खोजेको बताए । उनले निर्मला प्रकरणलाई गृहसँग जोडेर अपराधीको संरक्षण गरेको भन्नु दुखद भएको बताएका छन ।

मंगलबार आव ०७५/७६ को वार्षिक कार्य सम्पादन र आगामी कार्यदिशाको समबन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले त्यस्ता घटनालाई पूर्ण रुपमा निषेध गर्न नसकिने बताए ।

उनले भने, ‘यस किसिमका अपराध नयाँ र पहिलो होइनन । निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समय सम्म रहन्छ । यस्ता घटना पूर्ण रुपमा निषेध गर्न सकिदैन ।

उनले ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको दाबी गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata