प्राकृतिक प्रकोप न्यूनिकरणमा पूर्व तयारी आवश्यक: गृहमन्त्री थापा

बुधबार, साउन १, २०७६



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोप न्यूनिकरणका लागि पूर्व तयारी गर्नुपर्नेमा जोड दिएका छन ।

बुधबार रौतहट लगायतका तराईका जिल्लाहरूमा बाढीले पुर्याएको क्षति अवलोकन, उद्धार तथा राहतको पछिल्लो अवस्था एवम् भविष्यमा चाल्नुपर्ने कदमका बारेमा छलफल गर्न रौतहट पुगेका गृहमन्त्री थापाले उद्धार कार्य सकिएको जनाएका छन । उनले भने, उद्धारको कार्य सकियो, अब पूननिर्माणमा जुट्छौं ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता  माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सिंचाईमन्त्री बर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साह सहितको टोली तराईका प्रभावित जिल्लामा पुगेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata