शान्ति सुरक्षामा अवरोध पुर्याउनेहरुकाे जरै उखेलिन्छ: गृहमन्त्री थापा

बिहिबार, बैशाख १३, २०७५



भक्तपुर । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा शान्ति सुरक्षामा अवरोध पुर्‍याउने र आतंक फैलाउने जरै उखेल्ने बताएका छन् । गएको शनिबारको सांघातिक आक्रमणमा घाइते भई उपचार गराई रहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै बिहिबार उनले उक्त कुरा बताएका हुन् ।

गृहमन्त्री थापाले भने, ‘अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र देशमा आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ, हामी त्यसको जरैदेखि उखेल्छौँ ।’

नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै गृहमनत्र िथापाले आक्रमणकारी जो कोही भएपछि छुट नहुने र कारबाहीको दायरामा ल्याएरै छोड्ने बताएका छन् ।

घट्नाका बारेमा जानकारी लिनुका साथै सीसी क्यामरामा कैद भएका आक्रमणका दृश्य समेत हेरेका थिए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराएका थिए ।

66 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank