लागुऔषध नियन्त्रण गर्न चुनौतीपूर्ण छ :गृहमन्त्री थापा

बुधबार, असार ११, २०७६



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लागु औषध नियन्त्रण गर्न चुनौती रहेको बताएका छन ।

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, लागुऔषध समस्या र अन्तर्निहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुला सीमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण छ ।

उनले कानून कार्यानवयन गर्न, सुरक्षा चुनौती र आवस्यक सुचना प्रणाली र कार्यक्षमतामा कमी रहेको जानकारी दिए । लागु औषध नियन्त्रणका लागि आम नागरिकले समेत साथ दिनु पर्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank