हिंसात्मक अपराध नियन्त्रण गर्न सरकार सफल छ: गृहमन्त्री थापा

बिहिबार, बैशाख १२, २०७६



विराटनगर। गृहमन्त्री रामबहादुर थापाले सरकार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सफल भएको दाबी गरेका छन् । सामाजिक अपराध नियन्त्रण गर्नका लागि सरकारले विशेष पहल थालनी गर्ने बताएका छन् ।

विहिबार प्रदेश नम्बर एकको सुरक्षा गोष्ठिलाई सम्बोधन गर्न विराटनगर पुगेका गृहमन्त्री थापाले सरकारले जुनुसुकै हालतमा पनि हिंसात्मक गतिविधि नियन्त्रण गर्ने दाबी गरेका हुन् । पत्रकारहरु सँग कुरा गर्दै गृहमन्त्री थापाले भने, विप्लव समुहले हिंसात्मक गतिविधि रोकेर वार्तामा आए सरकार वार्ता गर्न तयार छ ।

भूमिगत राजनीतिक गतिबिधिको आवरणमा आपराधिक र ध्वंसात्मक गतिबिधिहरु नियन्त्रण गर्न सरकार सफल भएका बताउँदै शान्ति सुरक्षा कायममा सरकारले प्रगति हासिल गरिरहेको दाबी गरे ।  फरक प्रशङ्गमा गृहमन्त्री थापाले नेकपाको संगठानिक एकता प्रकृयामा घटुवा, बढुवा र दोहोरो जिम्मेवारीका विषयमा पार्टीले छलफल मार्फत टुङ्ग्याउने जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank