गुण्डागर्दी र हिंसाको बाटो त्यागेर वार्तामा आउन विप्लवलाई गृहमन्त्री थापाको आग्रह

बुधबार, बैशाख ४, २०७६



हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई गुण्डागर्दीको बाटो त्यागेर वार्तामा आउन आग्रह गरेका छन् । हिंसाले कसैलाई पनि राम्रो नगर्ने भन्दै गृहमन्त्री थापाले वार्ताको विकल्प नरहेको बताए ।

 प्रदेश नम्बर तीनको हेटौंडामा गृहमन्त्रालयद्वारा आयोजित शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन गर्दै गृहमन्त्री थापाले भने, संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई नियन्त्रणमा लिएरै छोड्छौं । साथै सरकार शान्ती सु्रक्षाका क्षेत्रमा संवेदनसिल भएर अघि बढ्दा देखा पर्ने समस्यालाइ चिरेर जाने  बताए ।

१३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पदाधिकारी लगायतकाे सहभागिता रहेको उक्त गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले प्रहरी सम्बन्धी नयाँ ऐन नबनेकाले सरकारले पुरानै ऐन मार्फत शान्ति सुरक्षाको काम गरिरहेको जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank