धर्मगुरु रामबहादुर बम्जनले याैन दुर्व्यवहार गर्ने गरेको खुलासा

आइतवार, भदौ ३१, २०७५



काठमाडौं । धर्म गुरुको नामले परिचित तपस्पी रामबहादुर बम्जनले  यौन  दुर्व्यवहार  गर्ने गरेकाे खुलासा भएकाे छ। आफुलाई बौद्ध भिक्षुको नामले चिनाउने बम्जनले  आश्रम भित्र पटक पटक  बलात्कारकाे सामना गरेकाे एक महिलाले आरोप लगाएकी हुन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दे गंगा तामाङले भनिन्, आफुलाई पहिलो पटक २०७३ साल साउन २० गते राती नौ बजे बम्जनबाट याैन  दुर्व्यवहार भएकाे बताएकी हुन् ।

आफु २०७१ साल देखी उक्त आश्रममा गएको र २०७५ साल असार २२ गते आश्रम छोडेको बताउने गंगा तामाङले भनिन्, सिन्धुलीमा अाफु माथि पहिलाे पटक बम्जनबाट यौन  दुर्व्यवहार  हुँदा  भगवानले आफुलाई परिक्षा लिएको हुन सक्ने भन्दै चुप बसकाे बताइन्।

उनले आफुसँग रीता भन्ने बालिका रहेको र उसले समेत आफूलाई यौन शोषण गरेको देखेकाे जानकारी दिइन् । बम्जनले पुरुष भक्तजनहरुलाई अाश्रम नजिक जान नदिने समेत बताएकी छन् ।

बम्जनले लमजुङ,धादिङ,बारा, सर्लाही लगायतका जिल्लाबाट सात जना किशाेरीहरु अाफ्नाे  सेवामा राखेकाे जनाएकी छिन् ।

बम्जनको आश्रममा बस्ने एक किशाेरीबाट तीन पटक बच्चा फालेको आरोप लगाइन् । उक्त कुरा बम्जनको श्रीमतीलाई जानकारी भएपनि गुरु ठिक हो तर उसको बलात्कार गर्ने बानी खराव भएको  बम्जनको श्रीमतीले अाफुलार्इ भनेकाे बताएकी छिन् ।

हामीले अरुका लागि पनि बाँच्नु पर्छ ।  त्यस्तो कुरा बाहिर भन्दा रगतको खोला बग्न सक्छ भन्दै उसको श्रीमतीले आफुलाई सम्झाउने गरेको समेत जानकारी दिइन् । आफु त दुर्व्यवहारमा परेँ परेँ तर अरु दिदी बहीनीहरु उसको  दुर्व्यवहारमा नपरुन भन्ने मनसायले  बम्जनको याैन  दुर्व्यवहार पर्दाफास गर्न बाध्य भएकाे जनाइन्।

यस अघि सन २०१० मा उनी र उनका अनुयायीहरुमाथि १७ जना सर्वसाधारणलाई कुटपिट गरेको आरोप लागेको थियो । घटना सेलाउन नपाउदै सन २०१२ मा बम्जनले बन्धक बनाएकाे स्लोभाककी एक महिलालाई दुई महिना पछि  प्रहरीले मुक्त गरेकाे थियाे ।

सो घटनाको खबर संकलन गर्ने क्रममा बम्जनका समर्थकहरुले पाँच जना पत्रकारमाथि  कुटपीट  र दुर्व्यवहार गरेका थिए ।

488 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank