लकडाउन विरोधमा अमेरिकाको विभिन्न शहरमा प्रदर्शन

सोमवार, बैशाख ८, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कोरोनाबाट सबैभन्दा बढी संक्रमित देश अमेरिकामा यस भाइरसको जोखिम कम गर्न  सामाजिक दूरी कायम गर्न भन्दै जारी गरिएको लकडाउनको विरोधमा प्रदर्शन भएको छ ।

आइतबार करिब आधा दर्जन सहरमा लकडाउन खुलाउन माग गर्दै प्रदर्शन भएको हो ।

एरिजोना, कोलाराडो, मोन्टाना, वासिंटन लगायत सहरमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बन्द रहेका उद्योग कलकारखाना खोल्न माग गरेका छन् ।

प्रदर्शनकारीले आफ्नो राज्यका गभर्नर समक्ष उद्योग कलाकारखाना खोल्न माग गरेका हुन् ।

अमेरिकामा कोरोनाको खतराका बीच बन्द उद्योग कलकारखाना खोल्न माग गर्दै प्रदर्शन हुन थालेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनमा समर्थन जनाउँदै आएका छन् । उनी सुरु देखि नै लकडाउनको विरोधमा छन् ।

अमेरिकामा लकडाउन भनेर नभनिए पनि राज्यहरुले घरभित्रै बस्न आग्रह गर्दै आएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments