जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध छः गभर्नर नेपाल

आइतवार, बैशाख ३०, २०७५



काठमाडौँ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन।

मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आइतबार शुभारम्भ गर्दै उनले “बैंकमा प्रवद्र्धकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्नै बताए ।”

बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो मलग्ने प्रतिफल दिने संस्था होइन भनेर आफूले निरन्तर सचेत गराए पनि केही बैंक तथा वित्तीय संस्थाले नसुनेकामा उनले असन्तुष्टी व्यक्त गरे ।

प्रवद्र्दक बैंक व्यवस्थापनलाई दबाब दिएर जनताको पैसालाई गलत तरिकाले उपयोग गर्न नुहुनेमा जोड दिंदै गर्भनर डा नेपालले जनताको पैसा नडुबोस् भन्ने सोच्नु नियामक निकायको मूल दायित्व भएको भन्दै जनताको पैसा तलमाथि हुन नदिने बताए ।

आर्थिक विकासका लागि अत्यन्त राम्रो अवसर रहेको चर्चा गर्दै उनले राजनीतिक स्थायित्वले नीतिगत स्थायित्व ल्याउने र त्यसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने बताए ।

आयात कम गर्ने र निर्यातलाई बढवा दिने क्षेत्रमा बैंकले लगानी बढाउनुपर्नेमा जोड दिँदै गभर्नर नेपालले बैंकिङ क्षेत्र नपुगेको ठाउँमा गएर लगानी गर्नुपर्नेमा जोड दिए।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank