उपकूलपति रौनियार ८ लाख घुससहित पक्राउ

शुक्रबार, असार २७, २०७६



बीपी कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान धरानका उपकूलपति प्रा डा. राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ रौनियारलाई विश्वविद्यालयको कार्यालय परिसरमा रहेको उपकूलपतिको निवासबाटै घुससहित रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उपकूलपति रौनियारसँगै विश्वविद्यालयमा एमडीमा अध्ययनरत डा. रामहरि रौनियार पनि पक्राउ परेका छन् । रौनियारले विचौलियाको रुपमा घुस रकम लिएर उपकूलपतिलाई बुझाएको र सोही क्रममा दुवैलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस रकमसहित पक्राउ परेलगत्तै उपकूलपति रौनियार स्वतः निलम्वनमा परेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank