पत्रकार महतोलाई दिना–भद्री सम्मान

बिहिबार, माघ ९, २०७६



सर्लाही । मुसहर समुदायको उत्थानमा योगदान पुर्याएवापत पत्रकार राजकरण महतोलाई ‘दिना–भद्री सम्मान’ प्रदान गरिएको छ ।

नेपाल राष्ट्रिय मुसहर सङ्घ र अन्तरराष्ट्रिय मुसहर भुइँया विकास परिषद्द्वारा सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बहुअर्वामा बुधबार आयोजित कार्यक्रममा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र भारतको बिहार प्रदेशका विधायक डा सन्तोष माझी मुसहरले संयुक्तरूपमा उनलाई सो सम्मान प्रदान गरे ।

‘दिना–भद्री’ र ‘भुइँया महाराज’ मुसहर समुदायका कुलदेवता मानिन्छन् । मुसहरले मनाउने अन्तरराष्ट्रिय भुइँया दिवसको अवसरमा मुसहर उत्थानमा कार्यरत दुवै संस्थाले कुलदेवताको सम्झनामा सो सम्मान स्थापना गरेका हुन् ।

महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुराका बासिन्दा पत्रकार महतोले मुसहर बालबालिकाको शिक्षामा प्रचारात्मक अभियान सञ्चालन गर्दै आएका छन् । उनी प्रेस सङ्गठन नेपालको महोत्तरी संयोजक हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments