प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र राजन भट्टराई बाहेक ६ जनाको राजीनामा स्वीकृत

शुक्रबार, कार्तिक २९, २०७६



काठमाडौं । प्रधानमन्त्रीका केपी शर्मा ओलीका ६ सल्लाहकारको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री सचिवालयका विष्णु रिमाल र राजन भट्टराइ बाहेक अन्यको राजीनामा स्वीकृत भएको जनाइएको छ ।

प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा भने स्वीकृत भएको छ।

उनीहरुको मंसिर एक गते देखी लागू हुने गरि बिदा दिइने जनाइएको छ । प्रधानमन्त्री ओलीले सल्लाहकार माथि असन्तुष्टि जनाएपछि उनीहरुले सामूहिक राजीनामा दिएका थिए । खास गरि प्रधानमन्त्री ओलीको डाइलासिस चलिरहेको अवस्थामा स्वास्थ्य अवस्था सार्वजनिक नगरिएको भन्दै उनीहरु आलोचित बन्दै आइरहेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata