धादिङका युवाको माग, ‘विकासवादी नेता पाण्डे नै चाहिन्छ’

आइतवार, अशोज २२, २०७४

loading...


धादिङ । आगामी मंसिरमा हुन गइरहेको संघ तथा प्रदेश सभाका लागि प्रमुख दलहरुले जिल्लास्तरबाट उम्मेदवारहरु सिफारिस गरिरहेका बेला धादिङका युवाहरुले नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा विकासवादी नेता राजेन्द्रप्रसाद पाण्डेलाई नै एक कार्यकालका लागि संघीय सभा सदस्यको उम्मेदवार बन्न आग्रह गरेका छन् ।

उनिहरुले विगतमा खेलेको भूमिका र आवश्यकताका आधारमा संघीय प्रतिनिधी सभाको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बन्न आग्रह गरेका छन् । एमालेमा आवद्ध सक्रिय युवाहरुको समुहले नेता पाण्डेलाई आईतबार भेटी समग्र धादिङको विकास र पार्टीलाई सशक्त बनाउन उम्मेदवार बन्नै पर्ने दवाव दिएको युवाहरुको नेतृत्व गरेर आएका समुन्द्र सागर सिलवालले जानकारी दिए ।

हालै सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्रिय समन्वय कमिटि धादिङ १ संयोजक चुडामणी कँडेलले उम्मेदवार छनौट गर्न बसेको बैठकमा कुनै पनि नेताको नाममा सर्बसम्मत नभएको बताए । उनले भने, ‘केही नेताहरुले आफ्नो नाममा सहमती भएको भन्दै गरेको प्रचार गलत हो । बैठकमा उम्मेदवार बन्न इच्छा गरेका सबैको नाम जिल्ला कमिटिमा पठाउने सहमती भएको हो ।’

क्षेत्रिय समन्वय कमिटिको बैठकमा सहभागी निर्वतमान उपसचिव तथा वर्तमान सदस्य श्रीराम थपलियाले अहिले केहि ब्यक्तीहरुले पार्टीको माईन्यूट भन्दै किर्ते कागज सामाजिक सञ्जालमा राखेर पार्टीको मर्यादामा आँच ल्याउने काम गरेको बताए । उक्त कागजमा आफ्नो समेत नक्कली हस्ताक्षर देखिएपछि आश्चर्य चकित भएको उनले बताए ।

उनले मिडियामा एकतर्फी रुपले आएको समाचार तथ्यहिन भएको र पार्टी पोलिटब्युरो सदस्य एवं सांसद पाण्डेलाई नै उम्मेदवार बनाउनु पर्ने माग चौतर्फी रुपमा आएको बताए । कठिन समयमा धादिङमा पार्टी स्थापना गरेर राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सफल नेतालाई अपमान गर्ने गरी गरिएको प्रचार गलत भएको उनको भनाई थियो ।

गत असोज २० गते सम्पन्न भएको जिल्ला कमिटिको बैठकले पनि उम्मेदवार चयन गर्न नसकेको र धादिङ जिल्लाका शिर्ष नेताहरुले सहमतीका आधारमा छिट्टै टुङ्गो लगाएर प्रदेश संगठन कमिटिमा पेश गर्ने निर्णय भएको थियो ।

2999 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv