वैकल्पिक शक्ति खडा गरी सरकारमा रहेकालाई बाहिर ल्याउँछौ: महतो

आइतवार, मंसिर ८, २०७६



काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष राजेन्द्र महतोले आफु सरकारमा नजाने बताएका छन ।  आइतबार सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आफुहरु सरकारमा नजाने र वैकल्पीक शक्ति खडा गर्दै सरकारमा रहेकालाई बाहिर ल्याने बताएका हुन ।

उनले समाजवादी पार्टीलाई सरकारबाट बाहिर आग्रह गरे । उपेन्द्र यादवलाई अपमान सहेर सरकारमा बस्नुभन्दा राजीनामा दिएर वैकल्पिक शक्ति निर्माणकालागि तयार रहन सुझाव दिएका छन् ।  अध्यक्ष यादव विदेशमा रहेको समयमा गरिएको मन्त्रिपरिषद्को हेरफेरमा समाजवादी पार्टीका स्वास्थ्य राज्यमन्त्रीलाई हटाउनु र सरसल्लाह नै नगरी अध्यक्ष यादवको मन्त्रालय परिवर्तनले अपमानित महशुस गर्दै सरकार छाड्नु पर्ने बारेमा समाजवादी पार्टी भित्रकै अधिकांश नेताहरुको धारणा आईरहेको भन्दै संयोजक महतोले अब पनि अपमान सहेर सरकारमै बसिरहनुभन्दा बाहिरिएर सशक्त बैकल्पिक शक्ति निर्माणकालागि जुट्नु बुद्धिमानी हुने बताए ।

उनले कम्युनिष्ट र कांग्रेसको विकल्पमा नयाँ शक्ति निर्माणका लागि राजपा लागिरहेको स्पष्ट पारे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata