“ओली प्रवृति” छोड्न प्रधानमन्त्रीलाई महतोको अनुरोध

मङ्लबार, जेष्ठ २१, २०७६



काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा  ओलीलाई दादागिरी नगर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै नेता महतोले सरकारले संघीयता विरोधी बजेट ल्याएको आरोप लगाए । अहिलेको बजेटले संघीयताकाे मर्म अनुरुप काम गर्न नसक्ने भन्दै सरकारले प्रस्तुत गरेकाे बजेटले संघीयता असफल पार्ने खेल अन्तर्गत ल्याएकाे छ । याे दुखद हाे ।

विदेश नीति,  माैद्रिक,राष्ट्रिय सुरक्षा मौद्रिक र राष्ट्रिय गौरभका आयोजना बाहेक सबै प्रदेशलाई दिनु पर्ने महतोको माग थियो । आफूहरुले केपी ओली मार्काको नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेशको माग गरेको बताए ।

महतोले स्थानीय तहलाई लक्षित गर्दै लोकसेवा आयोगले आब्हान गरेको विज्ञापन संविधान विरोधी रहेको आरोप लगाए । उनले भने, दादा गिरी नगर्नुस्, ओली प्रवृत्ति छोड्नुस्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata