संविधान संशोधन बिना मधेशमा कुनै चुनाव हुन नदिने राजपाको चेतावनी

बिहिबार, बैशाख २८, २०७४



काठमाडौं । राष्ट्रीय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन बिना तराई मधेशमा कुनै हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन । रिपोर्टर्स क्लबमा आयोजित विशेष साक्षात्कार कार्यक्रम बोल्दै राजपाका नेता महतोले संविधान संशोधनबीना गरिने चुनाव मधेशी जनतालाई मान्य नहुने बताए ।

कार्यक्रममा बोल्दै महतोले संविधान संशोधनमा ठूला दलको नीयत ठीक नदेखिएको गुनासो गरेका छन । “संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्नै लाग्दा राप्रपामा अचानक भएको विद्रोह संशोधन रोक्न भएको ठूलो षड्यन्त्र थियो।“ महतोले यस घटनामा राप्रपा मात्र नभएर तीन ठूला दलका मधेश विरोधी नेताहरु पनि यस षड्यन्त्रमा सामेल रहेको आरोप लगाए ।

संविधान संशोधनको विरूद्ध रहेका दलहरु बारे मधेशी जनतालाई राम्ररी ज्ञात भएको र अब हुने मधेश आन्दोलन यिनै दलहरूको खिलाफ हुनेकुरा महतोले स्पष्ट पार्नु भयो । उपेन्द्र यादव र संघीय समाजवादी फोरम तर्फ इंगित गर्दै राजपा नेता महतोले संविधान संशोधन बगैर चुनावमा सहभागी भएर संशोधन मुद्दालाई कमजोर बनाएको आरोप लगाए ।

संविधान संशोधन बिना राजपाले चुनावमा सहभागी नहुने स्पष्ट पार्दै महतोले संशोधन बाहेक आन्दोलनका क्रममा समातिएका र सोही क्रममा लगाइएका झूठा मुद्दाहरु पनि फिर्ता लिन सरकार संग जोडदार मांग गरेका छन ।

380 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank