सरकारले के गर्न सक्छ ? गुण्डा लगाएर अपहरण गर्छ: सांसद महतो

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं । सांसद राजेन्द्र महतोले सरकार प्रति आक्राेश व्यक्त गरेका छन। बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद महतोले दुई तिहाईको सरकारले दुई कोडीको काम नगरेको आरोप लगाए ।

उनले भने,‘आज मैले धेरै कुरा केही भन्नु छैन’, सांसद महतोले भने, ‘दुई तिहाइको सरकार दुई कौडीको काम गरेन।’  उनले सरकार प्रति कटाक्ष गर्दै सरकारले गुण्डा लगाएर सांसद अपहरण गरेको आरोप लगाए । उनले भने ‘यो सरकारले दिन पनि के सक्छ ? गुण्डा लगाएर अपहरण गर्छ। विपक्षीलाई तह लगाउने रे कुर्सी पाउन र जोगाउन चाहिँ सिपालु छ। यो सरकार।’ सरकारले दल विभाजित गर्ने गरि अध्यादेश ल्याउँदा अाफूहरूले मिलेर देखाइदिएकाे दाबी गरे ।

उनले जनताको जीवन रक्षाको माग गर्न नसकेको बताएका छन । साथै कोरोना महामारीलाई हचुवाको भरमा लिन नहुने बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments