प्रधानमन्त्री ओलीका एडीसी जुवाखालबाट पक्राउ

शनिबार, कार्तिक १६, २०७६



काठमाडौं ।  नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित जुवाखालबाट ८ जना गएराति टोखाबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

शाहीसहित बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणालाई प्रहरी निरीक्षक सन्तोष कुमार दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका शाहीले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको स्रोतको भनाइ छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ५९ हजार ३०० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata