प्रधानमन्त्रीको रुपमा संसदले राजापाक्षेलाई चिन्दैन- सभामुख करु जयासुरिया

सोमवार, कार्तिक १९, २०७५



कोलम्बो । श्रीलंकाली संसदको सभामुखले भनेका छन्, २२५ सदस्यीय संसद संख्याको बहुमतले प्रधानमन्त्री नचुने सम्म महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री मान्न सकिन्न । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गत २६ अक्टोबरमा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पदबाट बर्खास्त गर्दै राजापाक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

एकै पटक दुई प्रधानमन्त्री पदमा रहँदा संबैधानिक संकट निम्तीएको कारण सभामुख करु जयासुरियाले वर्तमान समयमा राजापाक्षेलाई संसदले नचिनेको बताएका छन् ।  विक्रमासिंघेको पार्टी युएनपीका सांसद एवंम सभामुख करु जयासुरियाले भने, अधिकांश सांसदले राष्ट्रपति सिरिसेनाको असंबैधानिक कदमलाई परम्पराकाे विरुद्ध मान्दैछन् । उनी भन्छन् , बहुसंख्य संसद सदस्यहरु पुरानो समर्थनलाई मानिरहेका छन् । जब सम्म नयाँ निर्णय गरिदैन ।  आफुले पुरानो स्थितीलाई समर्थन गरिरहनु पर्नेछ ।

आइतबार राष्ट्रपति सिरिसेनाले १० दिन भित्र राजनैतिक गतिरोध समाप्त गर्न संसदलाई आव्हान गरेका छन् । पछिल्लो हप्ता प्रधानमन्त्री विक्रमासिंघेलाई हटाउँदै संसदलाई १६ नोभेम्बर सम्मका लागि निलम्बन गरेका थिए । राष्ट्रपतिको कदमको व्यापक अालोचना पश्चात सिरिसेना र सभामुखबीच गहिरो छलफल बिना निश्कर्ष टुङ्गिएको थियो । हाल राजपाक्षे  सरकारले विपक्षी पार्टीको संसद सदस्यलाई अनेक प्रलोभन दिदैं ८ सांसदलाई मन्त्री पदमा सपथ खुवाएका छन् ।

राजापाक्षे पार्टीको सांसद संख्या यस अघि ९६ मात्र थिए । राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार संविधानमा रहेको तर वर्खास्त गर्ने अधिकार नरहेको कानुनी विशेषज्ञको भनाई छ । श्रीलंकाको संसदले तीन वर्ष पहिला गरेको परिवर्तनलाई स्वीकार गर्न राष्ट्रपति माथि दबाब बढीरहेको छ । जस अनुसार प्रधानमन्त्रीलाई हटाउने अधिकार केवल संसदसँग मात्र छ ।

139 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank