सरकारलाई दिएको समर्थन फिर्ता लिदै राजपा

शुक्रबार, कार्तिक २३, २०७५



काठमाडौं । राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आन्तरिक छलफल सुरु गरेको छ । छठ लगत्तै बैठक बसेर सरकार छाड्ने विषयमा निर्णय हुनेछ । राजपाका अध्यक्ष मण्डल सदस्य अनिलकुमार झाले पार्टीले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने विषयमा छलफल सुरु भएको बताए ।

संविधान संसोधनमा पहल समेत नगरेकाले सरकारमा बस्न नहुने निस्कर्षमा सबै नेताहरु पुगेको उनले बताए । नेता झाका अनुसार औपचारीक निर्णय मात्रै गर्न बाँकी छ । झाले सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएकाले मधेश आन्दोलनका मागहरू सम्बोधन हुन नसकेको बताए।

छठभन्दा लगत्तै राजपा अध्यक्ष मण्डलको बैठक बसी नेकपाको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने नेता झाले स्पष्ट पारे।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank