राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बस्दै

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक आज(सोमबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा पार्टीको आगामी महाधिवेशनबारे छलफल हुने महासचिव मनिष सुमनले जानकारी दिए ।

बैठकमा सदस्यतासम्बन्धी जिल्लाबाट आएका प्रतिवेदन अध्ययन गर्ने तथा पार्टीका सक्रिय सदस्य र साधारण सदस्यतासम्बन्धी विवरण अनुमोदन गर्ने पनि बैठकको एजेण्डा रहेको छ ।

शरतसिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक भएपछि पहिलो पटक बस्न लागेको बैठकमा महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु बनाउने बारे छलफल गर्ने तयारी समेत गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata