चक्रिय प्रणाली अनुसार राजपा संयोजकमा झा

आइतवार, जेष्ठ ५, २०७६



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को संयोजकमा अनिल कुमार झा नियुक्त भएका छन् ।

 चक्रीय प्रणाली अनुसार सोमबारदेखि लागु हुने गरी  झालाई पार्टीको अध्यक्ष मण्डलको संयोजककाे जिम्मेवारी तोकिएकाे हो ।

 पार्टी कार्यालय बबरमहलमा गत विहिबार बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको राजपाले जनाएको छ ।

राजपा बैठकले पार्टीको विधान  संशोधन गर्ने  निर्णय समेत गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata