प्रधानमन्त्रीले भारत भ्रमणमा धेरै उपलब्धि हुने गरी कुरा गर्नुहुन्छः डा. भट्टराई

बुधबार, चैत्र १४, २०७४



काठमाडौं । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा भट्टराईले उनले भने, ‘प्रधानमन्त्रीले भारत भ्रमणको बेला थोरै विषयमा धेरै उपलब्धि हुने गरि कुरा गर्नुहुन्छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालमा लगानी गर्नेबारे प्रधानमन्त्री ओलीले थोरै विषयमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्ने गरि कुरा गर्नुहुन्छ ।’

भट्टराईले प्रधानमन्त्री ओलीको निकट भविष्यमा हुने भारत भ्रमणमा आपसी हितका विषयमा विशेष महत्वका साथ कुरा हुने विश्वास दिलाए । उनले भने,‘वर्तमान सरकार छिमेकीसँग सम्वाद र सुमधुर सम्बन्ध बनाउन चाहन्छ, आजको अन्र्तराष्ट्रिय मूल्य र मान्यता अनुसार नै नेपालले आफ्ना सम्बन्धलाई बढावा दिन्छ, यही दृष्टान्तसहित हामी नेपाल–भारत र नेपाल–चीन सम्बन्धलाई अघि बढाउँछौं, समृद्धि हासिल गर्ने बाटोतर्फ अघि बढ्छांैं, प्रधानमन्त्रीको भारत भ्रमणसँग विगतमा भएका तितामिठा कुराहरुको अन्त्य हुनेछ, अब हामी पारस्परिक हित र सम्मानका साथ अघि बढ्छौं, एक अर्काको जायज चासोलाई सम्बोधन गर्छौं, यही उचाईसहितको सम्बन्ध अघि बढाउन हामी पूर्ण प्रतिबद्ध छौं ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न अहिले आन्तरिक गृहकार्य समेत सुरु भइसकेको जनाए । उनले भने, ‘सरकारले आवश्यक गृहकार्य थालिसकेको छ, भारतसँग हामीले खासगरेर पूर्वाधार विकासमा जोड दिएका छौं । हवाई, विद्युत, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुन्छ, भारतसँग हाम्रो बहु–आयामिक सम्बन्ध छ, त्यसैले थुप्रै विषयमा चलफल हुनेगरि अहिले नेपालमा भ्रमणको तयारी भैरहेको छ, प्रधानमन्त्रीको दृष्टिकोणपनि धेरै कुरामा हात हाल्नेभन्दापनि महत्वपूर्ण विषयामा मात्रै कुरा राख्ने रहेको छ, यो विषयबारे भारतीय पक्षलाई समेत जानकारी भैसकेको छ, बरु समयसिमाभित्रै आयोजनाहरु सम्पन्न गर्न विशेष केन्द्रित रहेर कुराकानी हुन्छ ।’

148 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank