मोदी दुनियाँको सबैभन्दा ठुलो फेकु: राज ठाकरे

आइतवार, चैत्र २४, २०७५



मुम्बई । महाराष्ट्र नवनिर्माण सेना(मनसे) का अध्यक्ष राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कटु आलोचना गरेका छन् ।शनिबार महाराष्ट्रको नयाँ वर्ष विशेष एक कार्यक्रममा बोल्दै ठाकरेले प्रधानमन्त्री मोदीलाई झुटको सहारा लिएर हिड्ने ‘फेकु: प्रवृत्ति’का रुपमा आरोपित गरेका हुन् ।

“भारतीय जनता पार्टी(भाजपा)को पछिल्लो ५ वर्षको शासनमा मोदीले हर चिजको झुटो प्रचार गरेका छन् ।” उनले भने, “त्यो चाहे भारतीय वायुसेना(आईएएफ)को स्ट्राइक होस् वा हरेक भारतीय नागरिकको खातामा १५ लाख जम्मा गरिदिने प्रचारबाजी होस्, सबमा उनले झुटको साहारा लिएका छन् ।” विकास, रोजगार, नोटबन्दी, मेक इन इन्डिया जस्ता कामहरुमा मोदीले गफ मात्रै फ्याकेको उनको आरोप थियो ।

उनले जम्मु-कश्मीरको घटनामा प्रधानमन्त्रीको कार्यभारलाई लिएर प्रश्न उठाएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata