भ्रष्टाचारको आरोप लागेका अख्तियारका पूर्व आयुक्त अदालतमा उपस्थित

बुधबार, जेष्ठ १, २०७६



काठमाडौं । भ्रष्टाचारको आरोप लागेका अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा उपस्थित भएका छन् ।

७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा खेपिरहेका पूर्व आयुक्त पाठक बयानका लागि विशेष अदालतमा उपस्थित भएका हुन् । भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा सञ्चालकबीचको विवादमा लम्बोदर न्यौपाने पक्षमा निर्णय गरिदिने भन्दै उनले घुस लिएका थिए ।

घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठक विरुद्ध महाअभियोगको प्रस्तावको माग गरिएको थियो । महाअभियोग तयारीपछि उनले राजीनामा दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank