अमेरिकाको राजधानी वासिंगटनमा बाढी, ह्वाइट हाउस समेत प्रभावित

मङ्लबार, असार २४, २०७६



एजेन्सी । अमेरिकाको राजधानी  क्षेत्र बाढीका कारण प्रभावित बनेको छ । ठूलो वर्षाका कारण राजधानी आसपासका क्षेत्रका सडक अवरुद्ध हुँदा चालकहरू फसेका छन् भने भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको  छ ।

सवारी आवतजावत समस्या देखिएको छ  साथै केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्डरपास मार्गहरू कतिपय स्थानमा २ मिटरसम्म पानीको स्तर पुगेको छ। बाढीबाट अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित भएको छ । त्यस्तै, वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको छ ।

बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata