आज पनि भारी बर्षा हुने, पूर्वी क्षेत्रमा जोखिमको खतरा

मङ्लबार, असार १९, २०७५



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा आज पनि भारी वर्षा हुने बताएको छ । असार १३ देखि देशैभरि मनसुन सक्रिय भएको बर्षा आजसम्म भारी रुपमा नै जारी रहनेछ । महाशाखाका मौसमविद् बरुण पौडेलले आज पूर्वी भेगमा ठूलो पानी पर्ने बताए । ‘आइतबारदेखि पश्चिम र मध्यभागमा भारी वर्षा भएको छ,’ उनले भने, ‘आज पूर्वी भागमा ठूलो वर्षा हुने देखिन्छ । पश्चिम क्षेत्रमा भने आज बर्षा कम हुनेछ । कतै रोकिनेछ ।

महाशाखाले बुधबारबाट भने सबै भागबाट केही दिनका लागि भारी वर्षा टर्ने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबारसम्म धेरैजसो नदीमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । शाखाका अनुसार कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने देखिएको छ ।

सोमबार मोहना, बबई, पश्चिम राप्ती र आसपासका नदी जलाधारमा जलसतह खतराको तह आसपास पुगेको छ । बुधबारदेखि भने सबै नदी जलाधारमा पानीको बहाव घटदै जाने महाशाखाले जनाएको छ ।

445 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank