धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

बुधबार, असार १७, २०७७



काठमाडौं । आज देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ का १/२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना  रहेको छ ।

ती क्षेत्रहरूका नदीहमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको महाशाखाले जनाएको छ ।

असार १८ गते (बिहीबार)

दिउँसोः देशका सबै प्रदेशहरूमा सामान्य बदली रहेर सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिः सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असार १९ गते (शुक्रबार)

दिउँसोः सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments