निसर्ग आँधीका कारण आज देश भर पानी पर्ने

शनिबार, जेष्ठ २४, २०७७



काठमाडौं । शनिबार बिहानै देखि देश भर पानी परिरहेको छ । अरब सागरमा बनेको चक्रवातको कारण  पानी परिरहेकाे माैसमविदले जनाएका छन।

निसर्ग आँधीका कारण दिनभर पानी पर्ने मौसमविदहरुले जनाएका छन । मौसम पूर्वानुमान महाशाखाका अुसार दिउँसो एकैछिन रोकिएपनि फेरी पानी पर्न सुरु हुने र बेलुकापछि भने पानी पर्न रोकिने छ ।

भोलिदेखि स्थानीय वायुको कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments