राहुल गान्धी प्रारम्भिक गणनामा पछि, कन्यैह्या कुमारलाई पनि झड्का

बिहिबार, जेष्ठ ९, २०७६



एजेन्सी । आज (बिहिबार) भारतीय लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन लागेको छ । हाल लोकसभा निर्वाचनको मतगणना जारी छ । ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको निर्वाचनको मतगणना शुरु भएको हो । प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए अग्रस्थानमा छ ।

उत्तरप्रदेशस्थित अमेठी क्षेत्रबाट चुनाव लडेका भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी प्रारम्भिक गणनामा पछि परेका छन् । उनी भाजपाका उम्मेदवार एवं केन्द्रीय मन्त्री स्मृती ईरानीभन्दा २ हजार भोटले पछि परेका छन् ।

बेगूसरायबाट चुनाव लडेका चर्चित विद्यार्थी नेता कन्हैह्या कुमार पनि मतगणनामा पछाडि परेका छन् । बेगूसरायमा भाजपा उम्मेदवार गिरिराज सिंह अग्रस्थानमा छन् ।

यस्तै गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

गृह मन्त्रालयद्वारा देशभरीका प्रदेशलाई उच्च सर्तकता अपनाउन आह्वान:

केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले देशका सम्पूर्ण प्रदेश र युनियन टेरोटरीलाई सम्भावित हिस्साको लागि सतर्क गराएका छन् ।

एउटा विज्ञप्ती जारी गर्दै गृहमन्त्री सिंहले भारत भरीका प्रदेश र युनियन टेरोटरीलाई कानुन व्यवस्था, शान्ती र संयमता अपनाउन आह्वान गरेका छन् ।

“गृह मन्त्रीले प्रदेशका मुख्य सचिवहरु र प्रहरी डीजीलाई भोलि हुने मतगणनालाई लिएर देशको विभिन्न भागमा हिंसा भड्कने सम्भावनामा सतर्क गराएका छन् ,” वक्तव्यमा भनिएको छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ , “देशका विभन्न क्षेत्रमा मत गणनाको दिन हिंसाको आह्वान गरिएको अवस्थामा सतर्कता अत्यावश्यक हुन आउँछ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank