कतारमा भएको च्यारिटी सोबाट तराईका बाढी पीडितलाई एक करोडको राहत

शनिबार, बैशाख २९, २०७५



कतार । कतारमा भएको च्यारिटी सोबाट तराईका बाढी पीडितलाई एक करोडको राहत सामाग्री वितरण गरिएको छ । बाढी पीडित परिवारलाई जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

राहात अरब मुलुकको गैह्र सरकारी संस्था अन्तरगतकाे कतारको सामाजिक संस्था कतार च्यारिटीको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले उक्त सामग्री वितरण गरेको हो।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीको सहयोगमा आरडिसीले रौतहट, सर्लाही लगायतका बाढी पिडित परिवारलाई करिब करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियाे।

कतार च्यारिटी नेपालको सहयोगमा आरडिसीले रौतहट तथा सर्लाहीका बाढी पिडित परिवारहरुलाई अस्थायीबास बाट स्थायी तर्फ उन्मुख गर्ने उदेश्यले ६३८ परिवारलाई राहात सामाग्री वितरण गरिएको हो ।

त्यस्तै बिद्यालय भर्नामा सहयोग तथा बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराउनका लागि दुई हजार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ।  त्यस्तै यमुनामाई गाउँपालिकाका ७०, राजपुर नगरपालिका हजमिनिया गाउँका १८५ , परोहा नगरपालिकाका १२५ तथा गौर नगरपालिकाका १५० परिवारलाई समेत जस्तापाता वितरण गरिएको छ।

च्यारिटीका कन्ट्री डाइरेक्टर कन्ट्री डाइरेक्टर मौलाए अब्दुल अजिज अल अलावी, प्रदेश नम्बर २ का कृषि तथा भूमि सुधार मन्त्री योगेन्द्र यादब सहित जिल्लाका स्तरीय कार्यालय प्रमुखहरु तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्तिथीमा उक्त सामग्री वितरण गरिएको हो।

कतार च्यारिटी नेपालका कन्ट्री डाइरेक्टर अब्दुल अजिजले गरिब तथा जोखिममा परेका बाल बालिकाहरुलाई सहयोग गर्न कतार सरकार सधैं तयार रहेको बताए। नेपालको बिकास निर्माण देखि लिएर शैक्षिक क्षेत्रमा सहयोग गर्न सधैं तयार छौं, यो सुरुवात मात्र हो, आगामी दिनमा जीविकोपार्जनलाई उकास्ने किसिममा कार्यक्रमहरु गर्छौ उनले भने।

 

बाढी आएको एक वर्ष हुन लाग्दा तथा अर्को वर्षायाम सुरु हुने समय भइ सक्दा पनि सुरक्षित बास नपाएका परिवारलाई जीवन धान्न गाह्रो भएको आरडिसीका अध्यक्ष पारस हुसैनको भनाई छ। कतार च्यारिटीको सहयोगमा वितरण भएको जस्तापाता तथा शैक्षिक सामग्रीले बाढी पिडितलाई केहि राहत मिलेको छु अध्यक्ष हुसैनले भने, अब उनीहरुको जीविकोपार्जनलाई उकास्ने गरि कार्यक्रम आउने बिश्वास छु।

 

अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गत बर्ष मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank