राहात (लघु कथा )

बुधबार, चैत्र २६, २०७६

- सीता ओझा



” हेलो ”
” वडाअध्यक्षज्यु , बोल्नु भा हो ? “

” हो , के काम थियो होला यहाँ को ? ”
” अध्यक्षज्युलाई भेट्न पर्ने थियो !”
” यस्तो लकडाउनको समयमा मोबाइलबाटै कुरा गर्न सकिन्छ नि , भन्नू न, यहाँको समस्या ?”
” कता हुनुहुन्छ र ?”
” वडामा नै छु , कामको कुरा गर्नुस न ! म लकडाउनसगँ सम्बन्धित काममा व्यस्त  छु । ”
” हैन, हामीले भेट्नै नपाउने हो र ? हाम्रो जनप्रतिनिधिलाई ।”
भन्दाभन्दै श्रवणकुमार वडा कार्यलयमा आइपुग्यो ।

वडाअध्यक्ष राहातको व्यवस्थापनमा व्यस्त देखिन्थे ।
बाहिर मानिसहरूको लाइन थियो ।
बाहिर लाइनको आसपास निकै भिडभाड र हल्लाखल्ला देखिन्थ्यो ।
श्रवणकुमार पनि त्यहीँ भिडको छेउमा पुगे र लाइन बस्नेलाई सोध्न थाले, ” तपाईंहरू के को लागि लाइनमा बस्नु भएको हँ ? ”
भिडभाडबाट एक जनाले कराउदै थियो ,” रासनको ”
श्रवणकुमारले भिडतिरै फर्केर भन्यो, ” हैन, रासनको लागि पनि लाइन बस्नु पर्ने ? ”
” नसकिने भो, हामीले भोट हालेर जिताएपछि जनताको घरघरमा रासनपानी पुर्याउनु पर्ने हैन र ?”
त्यती पनि नगर्ने भए हामीले भोट किन हाल्नु हँ ? ”
” पर्देन लाइन बस्न, आउनुस भित्र जाउ !” भन्दै लाइन बसेकाहरू मध्येका एकदुईलाई लिएर श्रवणकुमार भित्र छिर्यो ।
राहात वितरणको समयको सुरक्षा र सर्वदलिय तयारीमा बोलिरहेका अध्यक्षको कोठामा पसेर
” यो के हो अध्यक्षज्यु ?”
भन्दै चिच्याउदै श्रवणकुमार टेबुलमा मुड्की बजार्न थाल्यो ।
अध्यक्षले, ” बस्नुहोस न , बसेर कुरा गरौ !” भन्दै थिए ।

अटेर गर्दै  अध्यक्षको छेउमा गएर पाखुरामा च्यापै समात्यो ।
” बाहिर हिड्नुस , के गरेको तपाइँले ,हामी नागरिक भेडाबाख्रा हो र !”
” हामीले त तपाईंहरूलाई भोट हालेका हौ नि, ए बाबा , यो के को लाइन हँ ?”
भन्दै बाहिर मानिसको अगाडि श्रवणकुमारले कोकोहोलो मचाउन थाल्यो ।
अध्यक्षले त्यो मानिसलाई सम्झे,कुनटोलको होला ? भनेर पहिचान गर्न निकैबेर गमेर सोचे तर सम्झेनन् ।
श्रवणकुमारको व्यवहार देखेर लाइनमा उभिएकी शिलालाई रनक रिस उठ्यो ।
शिला लाइनबाट फुतै निस्की र श्रवणतिर फर्केर सोधि,
” तपाईंको हँ  ?”
” सज्जन मानुभाव !”
” म यो वडामा बसेर रोटी बेचेको तीस वर्ष भयो , म हरेक दलका उमेदवार र अगुवालाई चिन्ने गर्छु । ”
” म यो ठाउँको सामाजिक काममा सहभागी भएको पनि बिसौं वर्ष वित्यो , तपाईंलाई त मैले कहि,कतै देख्या थिइन त !”
” कहाँ बस्नु हुन्छ जनाव ? यो के तरीका हो तपाईंको ? ”
” यस्ता महामारीमा,भोट हालें भन्दैमा, जनप्रतिनिधिको  कठालो समाउने हक हामी कसैलाई  छैन ल !”
” अहिलेसम्म,हामी मिलेर,सरसल्लाहबाट खानै बन्द हुनेहरूलाई प्राथमिकतामा राखेर  नै राहात लिनेदिने गरेका छौ  । ”
” महोदयले हिजो मात्रै तरकारी बजारमा पनि यस्तै हुलदङ्गा गरेर,मानिसले तरकारी किन्न पाएन । ”
” आज पनि राहात रोक्न कहाँबाट सलबलाउदै आको  हँ ? ”
भन्दै च्याप कठालो समाती ।
” छोड अध्यक्षलाई , यो एक नम्बरको फटाहा हो , यसलाई अनुसन्धानमा राख्नु पर्छ ”
भन्दै शिलाले प्रहरी बोलाइन् ।
भिडको विचबाट अरू पनि कराए ,
” यो त अस्ति सरकारले औषधी स्प्रे गर्न पठाको भन्दै तल्लो टोलमा घरघर छिर्न खोज्दै थियो । ”
” अध्यक्षलाई सोधौं ? भनेर कड्के पछि भाग्यो , यो सगँ अरू दुइजना पनि थिए । ”
” यो सहित यसका ती मतियारहरू ठक,लुटेराहरू हुन ।”
छोड्नु हुन्न है !”
भन्दाभन्दै मानिसको भिडले श्रवणकुमारलाई ठेल्दै ठोक्न थाल्यो ।
त्यस्तो भिडलाई कस्ले रोक्न सक्थ्यो र !
एकैछिनमा घोप्टेनेप्टे पार्दै धुलो चटाए ।
दौडदै आएका प्रहरीहरूले होहल्ला र भिडभित्र छिरेर श्रवणलाई  बल्लतल्ल नियन्त्रणमा लिए ।
अध्यक्ष टुलुटुलु हेरिरहे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments