महानगरीय प्रहरी कार्यालयकाे विशेष पहलमा ९१ जनालाई राहत वितरण

बुधबार, बैशाख ३१, २०७७



काठमाडाैं । महानगरीय प्रहरी कार्यालयकाे विशेष पहलमा ९१ जनालाई राहत वितरण गरिएकाे छ ।

कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरुलाई राहत वितरण गरिएको महानगरिय प्रहरी परिसरले जनाएकाे छ ।

लकडाउनका समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत  ९१ जनालाई खाद्य सामाग्रीहरू वितरण गरिएको हाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments