राहत वितरणको क्रममा झडप, प्रहरीद्वारा हवाई फायर

सोमवार, बैशाख २२, २०७७

काठमाडौं । सिरहामा राहत वितरणको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन्।

धनी व्यक्तिहरु नाम राहत लिनेको सूचीमा समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । झडपमा परि चार जना घाइते भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments