विपदमा परेका कानुनका विद्यार्थीको सारथि बन्दै कानुन व्यवसायी

बिहिबार, बैशाख ११, २०७७



काठमाडौँ । विश्व कोरोना भाइरस महामारीले उग्र रूप लिइरहेको छ । कोरोना महामारीसँगै मुलुक एक महिना देखी लकडाउनमा रहेको छ ।जसको कारण विद्यार्थी, मजदुर वर्गका साथै श्रमजीविवर्गहरु यसको चपेटामा परेका छन् ।

राज्यले विभिन्न वर्ग र समुदायलाई लक्षित गरी राहत वितरण गरिरहेको छ । तर राजधानी काठमाडौँमा कोठा भाडामा बसेका आम विद्यार्थी राहत नपाएको भन्दै गुनासो गरिरहेका छन् । एलएलबी दोस्रो वर्षमा अध्ययनरत विदयार्थीहरुलाई लक्षित गर्दै नौ जना कानुन व्यवसायीहरूले राहत वितरण गरेका छन् ।

आरसी विमल पौडेल सहित नौ जना अधिवक्ताको समूहले कीर्तिपुरमा डेरामा बसिरहेका विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरेका छन् । लकडाउनका कारण घर जान नपाएका कानुनका विद्यार्थीहरूलाई मध्यनजर गर्दै सानो उपहार स्वरूप खाद्यान्न वितरण गरिएको लोकतान्त्रिक वैचारिक प्रतिष्ठान का अध्यक्ष अधिवक्ता आर. सी. विमल पौडेलले जानकारी दिए । लकडाउनका कारण सबै भन्दा बढी बिदयार्थीहरु मारमा परेको र आफूहरू पनि कानुनका क्षेत्रमा काम गरिरहेकाले विद्यार्थीको मर्कालाई मध्यनजर गर्दै राहत सामग्री वितरण गरिरहेको अधिवक्ता पौडेल बताएका छन् ।

law2

लकडाउनका कारण घर जान नपाउँदा साथीहरूले थुप्रै समस्या भोग्नु परेकाले कानुन व्यवसायी दाइहरूको योगदान अतुलनीय रहेको एलएलबी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी दिर्घराज भट्टले बताए । एलएलबी दाेस्राे वर्षपछिमा अध्ययनरत छात्रा सुप्रिया भण्डारीले भनिन्, उहाँहरूले  देशभरबाट सुनाैलाे भविष्य निर्माणका लागि अाएका तर अप्ठ्याराेमा परेका विद्यार्थीहरूकाे लागि गरेकाे कार्य अत्यन्तै सम्मानजनक  रहेकाे छ ।  त्यस्तै विपद् अप्ठ्यारोको समयमा अधिवक्ताहरूको कार्य शब्दमा बयान गर्न नसकिने विद्यार्थी नारायण थापाले बताएका छन् । कानुनकै क्षेत्रमा रहेर कानुनका विद्यार्थीहरूलाई हरबखत माया गरिरहनु भएका अधिवक्ता आरसी पौडेल सहितको टिमको कार्य अत्यन्तै सह्रानीय भएको विद्यार्थी पविना जोशीले बताएकी छिन ।

la

अधिवक्ताहरू सीताराम केसी, आर.सी.विमल पौडेल. कमल राज अधिकारी. रमेश प्रसाद दवाडी। सुरज मास्के, विनीता कार्की, डिना श्रेष्ठ, विश्वास आचार्य अधिवक्ता भारत राउत सहितको टिमले विपदमा परेकाहरूलाई सहयोग गर्दै आएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments