वैशाख ९ मा पार्टी एकता मन्त्री: महासेठ

शनिबार, बैशाख १, २०७५



महेन्द्रनगर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो वैशाख ९ मा नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्र पार्टी एकता निश्चित भइसकेको दाबी गरेका छन्।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेकपा एमाले नगर कमिटिलेआयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री महासेठले वैशाख ९ गते एकीकरण हुने निश्चित भइसकेको बताएका हुन्। एमालेका नेता मन्त्री महासेठले लेनिनको जयन्तीका दिन दुई एकताको लगभग तयारी पूरा भइसकेको स्पष्ट गरे।

मन्त्री महासेठले बढिमा ६ महिना भित्रै जयनगर–जनकपुर–बर्दिवास –सिमरा सम्म रेल कुद्ने बताए। मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको जानकारी पनि दिए।

220 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank