भौतिक पूर्वाधारमन्त्री महासेठ सबैभन्दा धनी मन्त्री ! श्रममन्त्री गोकर्ण विष्ट ऋणमा

प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री र राज्यमन्त्रीसम्मको सम्पती कति ?

बुधबार, जेष्ठ ९, २०७५



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीको रुपमा देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमा  बुधबार अपडेट गरिएको सम्पत्ति विवरण अनुसार महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी छ ।

Raghubir Mahaseth property

श्रीमती जुलीकुमारी महतोको नाममा धनुषा जनकपुर उपमहानगरपालिका ९ मा करिब ४२ सय वर्गफिटमा साढे दुई तले घर, उनकै नाममा ललितपुर उपमहानगरपालिका–२५ मा ५८ सय वर्गफिटमा बनेको साढे दुई तले घर रहेको उल्लेख छ। ललितपुरको जग्गा २०५६ मा जग्गा खरीद गरेर घर बनाएको उल्लेख छ। सगोलमा धनुषा मिथिला विहारी नगरपालिका ३ मा ६५ सय वर्गफिट पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।

श्रीमती महतोकै नाममा धनुषा छिरेश्वर नगरपालिकामा ८ विगाहा जमिन रहेको उल्लेख छ। उनकै नाममा सिन्धुलीको कमलामाई, ललितपुरको नख्खु र धोबिघाटमा जमिन रहेको उल्लेख छ। रघुबीरको नाममा धनुषामा ५ कठ्ठा र मिथिला विहारी नगरपालिकामा १ विगाहा १० कठ्ठा जमिन रहेको उल्लेख छ। नगद ७२ लाखसहित सुन २७ तोला, दाईजोबाट पाएको सुन २५ तोला दाईजो, चाँदी डेढ केजी, जवाहरात, औंठी, सिक्रिलगायतका गरगहना भएको उल्लेख छ। जवाहारत विदेशी पाहुनाबाट प्राप्त भएको महासेठले उल्लेख गरेका छन् ।

श्रममन्त्री गोकर्ण विष्ट ऋणमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आफैले केही सम्पत्ति आर्जन गरेको देखिदैन। सम्पत्ति विवरण अनुसार विष्टको नेपाल इन्भेष्टमेन्ट वैंक र एर्भेष्ट वैंकमा ४२ हजार रुपैया नगद वचत छ। पैत्रिक र खरिद गरेको जम्मा ७ तोला सुन छ ।

Gokarna Bista property

विष्टकी श्रीमती प्रतिमा श्रेष्ठको नाममा काठमाडौं २९ स्थित ००।१६०।०० मा जग्गामा फैलिएको एउटा पक्की घर छ। यो २०६३ सालमा बैंकबाट १५ वर्षे घर ऋणवापत ४० लाख रुपैयाँ ऋण लिई खरिद गरिएको हो। हाल सिदार्थथ वैंकमा ३६ लाख, सञ्चय कोषमा ६ लाख, अम्विका पौड्यालसँग १० लाख, भागवत सापकोटसँग ६ लाख ऋण छ ।

श्रीमती प्रतिमाको नाममा मेघा वैंकको २६५ र कृषि बिकास वैंकको ४९ कित्ता शेयर छ । प्रतिमा श्रेष्ठको खातामा ६ लाख ८२ हजार रुपैयाँ बचत छ। प्रतिमाले २५ वर्षदेखि क्याम्पस र टुयुसन पढाएर सम्पत्ति आर्जन गरेको जनाइएको छ।

बिष्टको गुल्मीको इस्मास्थित ४ मा पैत्रिक सम्पत्तिको रुपमा २ वटा कच्ची घर, कटेरी र झन्डै ५० रोपनी जग्गा छ । यी सम्पत्ति भीमबहादुर विष्टको नाममा छ । घरमा दुई गोरु, दुई गाई, एक भैसी र चार बाख्रा रहेको छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री र राज्यमन्त्रीसम्मको सम्पती कति ?

1921 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank