उपसभामुख तामाङले  गुहारिन गृहमन्त्री

सोमवार, चैत्र १२, २०७४



काठमाडौं । प्रदेश- ३ का उपसमामुख राधिका तामाङले चैत्र ७ गते नेपाल तामाङ घेदुङले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका नगरपालिका १२ पदमपोखरीको घटना सम्बन्धमा गृहमन्त्री समक्ष ध्यानाकर्षण गराएकी छन् । उपसभामुख तामाङले आज एक विज्ञप्ती निकाल्दै घटना सन्दर्भमा  आफ्नो नाम जोडेर गरिएका गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

नेपाल तामाङ घेदुङले गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यनाकर्षण पत्रमा स्पष्ट रुपमा उल्लेख गरिएको छ र सन्दर्भवश म त्यस टोलीमा सहभागी भएको हुँ ध्यानकर्षण पत्रमा भनिएको छ । उनले केही अनलाईन मिडियाले नियोजित रुपमा आफुसँग केही नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई पनि ख्याल नगरी तथ्यलाई बंग्याएर जसरी प्रचार गरिएको बताएकी छन । गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि समेत हुनु झनै दुःखद भएको जनाएकी छन् ।

 व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने विचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पु¥याई न्याय प्रदान गर्नु सवैकोे जिम्मेवारी भएको ध्यानकर्षणपत्रमा उल्लेख गरेकी छन्। । गृहमन्त्री समक्ष यो विषयको ध्यानाकर्षण गराउनु मेरो पनि कर्तव्य ठान्दछु र निर्दोषले न्याय पाउनु पर्दछ भन्ने मेरो भनाइ हो ध्यानाकर्षणपत्रमा उल्लेख गरेकी छन्।

उनले देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षता सहितको नयाँ संविधान जारी भएको छ । संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जानेछ उल्लेख गरेकी छन् । अनावश्यक वहस र गलत प्रचारको पछि नलाग्न आम आग्रह समेत गरेकी छन् । साथै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साईबर कानुनको ख्याल गर्न समेत अनुरोध गरेकी छन्।

ध्यानकर्षण पत्र जस्ताको तस्तै

press note

758 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank