६ वटा ट्वीनटर विमान किन्ने पर्यटनमन्त्री अधिकारीको घोषणा

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा ट्वीनअटर विमान किन्ने योजना घोषणा गरेका छन् । पर्यटनमन्त्री अधिकारीले शुक्रबार आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पर्ने उनले बताए । हाल निगमसँग रहेको ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र दैनिक २१ घण्टा सन्चालनमा ल्याउने योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेका छन् ।

अन्तर्राष्ट्रिय आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सन्चालनमा ल्याउने बताए ।

254 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank