पुडासैनी आत्महत्या प्रकरण: लामिछाने विरुद्ध किटानी जाहेरी

आइतवार, भदौ १, २०७६



काठमाडौं । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछाने विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

आइतबार पुडासैनीकाे श्रीमतीले रवि लामिछाने सहित तीन जना विरुद्ध किटानी जाहेरी दर्ता गरेकी हुन ।

पुडासैनीकाे श्रीमती सम्झना घिमिरेले लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भई परिसर मार्फत चितवन प्रहरीमा जाहेरी दिएकी हुन् ।

सम्झनाले लामिछाने, युवराज कँडेल र अस्मिता कार्की विरुद्ध आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मुलुकी अपराध संहिता अनुसार कारवाही गर्न माग गरेको प्रहरीले जानकारी दिएको छ ।

पुडासैनीको आत्महत्याको घटनालाई लिएर प्रहरीले रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरि अनुसन्धान थालेको छ । नेपाल प्रहरीकाे माग बमाेजिम  उक्त घटनामा जिल्ला अदालत चितवनले ५ दिनको म्याद थप गरेसँगै अनुसन्धान  प्रक्रिया अघि बढाइएकाे छ।

रवि लामिछानेका समर्थकहरुले उनी निर्दाेष रहेको भन्दै सामाजिक सञ्जाल र सडकबाट विरोध जनाइरहेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata