जिल्ला अदातलको आदेश विरुद्ध लामिछाने पुगे उच्च अदालत

मङ्लबार, भदौ १७, २०७६



काठमाडौं । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनको आदेशमा धरौटीमा रिहा भएका न्यूज २४ का पत्रकार रवि लामिछाने उच्च अदालत हेटौंडा पुगेका छन ।

जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालतमा अपिल गर्नेछन । जिल्ला अदातल चितवनले लामिछानेलाई पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा पाँच लाख धरौटी रकम सहित थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतको आदेश बमोजिम पाँच लाख धरौटमिा छुटेका लामिछानेले आफूलाई मर्का परेको बताउँदै अपिल गरेका हुन ।

जिल्ला अदालत चितवनको फैसला अनुरुप उनी देश बाहिर जानु परेमा अदालतको अनुमति लिनु पर्ने भने उनले पुडासैनी आत्महत्या प्रकरणमा श्रव्य,दृश्य, अडियो भिडियो, अन्तरवार्ता लगायतका विषयमा बोल्न बन्देज समेत गरेको छ ।

टेलिभिजन प्रस्तोता लामिछाने जिल्ला अदालतको आदेशले आफ्नो दैनिकी र व्यवसायमा प्रतिकुल असर महशुस गर्दै उच्च अदालत हेटौंडा पुगेका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata