रवि र युवराजको बयान हुँदै

सोमवार, भदौ ९, २०७६



काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको आरोपमा पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछाने र युवराज कडेलको वयान शुरु भएको छ ।
सरकारी वकिलको कार्यालयले आरोपी तीन जनालाई हिजो नै अदालतमा पेश गरेको भएपनि रुकु कार्कीको मात्रै बयान भएको थियो । आइतबार दुईजनाको बयानपछि थुनछेक बहस हुनेछ ।

थुनछेक वहसका आधारमा उनीहरुलाई थुनामा राख्ने धरौटी या साधारण तारेखमा छड्ने निर्णय हुने छ । आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा पाँच वर्षसम्मको कैद र पचास हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनको भरतपुर महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यायिक प्रक्रियालाई समेत अवरुद्ध गर्नेगरी प्रदर्शन भइरहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज बिहान छ बजेदेखि अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरिएको हो । अशान्ति गर्ने उद्देश्यबाट एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला नहुन पनि प्रशासनले सचेत गराएको छ । ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata