रवि लगायत तीन विरुद्ध अभियोगपत्र दर्ता गरिदै

आइतवार, भदौ ८, २०७६



काठमाडौं । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण नयाँ मोडमा प्रवेश गर्दैछ ।

विगत १० दिन देखी पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४का पत्रकार रवि लामिछाने, युवराज कडेल र अस्मिता भनिने रुकु कार्की विरुद्ध चितवन प्रहरीले अनुसन्धान गर्दै आइरहेको थियो ।

काठमाडौंबाट केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) समेतको सहयोगमा चितवन प्रहरीले गरेको अनुसन्धान पश्चात रवि लगायत तीन विरुद्ध चितवन जिल्ला अदालतमा आज अभियोगपत्र दर्ता गर्ने तयारी गरेको हो । सिआइबीको टोलीले प्रारम्भीक अनुसन्धान गर्दै जिल्ला सरकारी वकिल मार्फत अभियोगपत्रको फाइल अघि बढाउने निचोडमा पुगेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

पत्रकार पुडासैनीले आत्महत्या पूर्व रेकर्ड गरेको भिडियोमा आफुलाई रवि लगायत युवराज र रुकुले मर्न बाध्य बनाएको बताएका थिए ।

उक्त भिडियो मिडियामा सार्वजनिक भएसँगै चितवन प्रहरीले न्यूज २४ को कार्यालयबाट पत्रकार रवि र युवराजलाई अनुसन्धानको निम्ति चितवन लिएर गएको थियो ।

चितवन प्रहरी र सिआइबीको संयूक्त अनुसन्धानले रवि लगायत तीन जना विरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लगाइने स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata