पत्रकार लामिछाने श्रीमतीको उजुरी दर्ता गर्न अस्वीकार

पुडासैनी आत्महत्या प्रकरण

बुधबार, भदौ ४, २०७६



काठमाडौं । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेको श्रीमती निकिता पौडेलको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

बुधबार दिउँसो करिव साढे १ बजे महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन पुगेकी थिइन।

पौडेल विद्युतीय कारोबार ऐनअनुसार ३ जनालाई कारबाही गरिपाउँ भनेर उजुरी दर्ता गराउन पिरसर पुगेकी पौडेलको उजुरीबारे प्रहरीले क्षेत्राधिकार बाहिर रहेको भन्दै उजुरी दर्ता गर्न अस्विकार गरेको हो । महानगरीय परिसर काठमाडौंले आफ्नो क्षेत्राधिकार बाहिर रहेको भन्दै उजुरी दर्ता गर्न अस्विकार गरेको जनाएको छ । परिसरले उजुरी बुझ्न नमानेपछि हुलाक मार्फत उजुरी दर्ता गर्न लागेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata