पत्रकार श्रेष्ठ सहित तीन जना विरुद्ध उजुरी

बुधबार, भदौ ४, २०७६



काठमाडौं । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्यामा पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछानेकाे श्रीमती निकिता पौडेलले मिडिया काउन्सीलका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठ सहित तीन जना विरुद्ध उजुरी दर्ता गर्न पुगेकि छिन ।

लामिछानेकाे श्रीमती पौडेलले बुधबार पत्रकार शालिकरामको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् ।

लामिछाने सहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाइ  पुडासैनी आत्महत्या प्रकरणमा दोस्रो पटक पाँच दिनको म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले फैसला सुनाएको थियाे।

रबि लामिछानेका विरुद्ध मृतक पुडासैनीकाे श्रीमतीले समेत किटानी जाहेरी दर्ता गरिसकेकी छिन । पाैडेलकाे उजुरी दर्ता हुन बाँकी रहेकाे छ । महानगरिय परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीकाले भने, ‘जाहेरीमा उल्लेख भएका विषय हेरिरहेका छौं, के कसो गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata