रवि लामिछानेलाई अदालतमा पेश गरियाे

मङ्लबार, भदौ ३, २०७६



काठमाडौं । टेलिभजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभजनका पत्रकार रवि लामिछानेलाई जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

अदालतले दिएको ५ दिनको अनुसन्धान म्याद सकिएपछि पुडासैनी आत्महत्याको अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मीता कार्कीलाई मंगलबार जिल्ला अदालत चितवनमा पेश गरिएको हो ।

गत आइतबार पुडासैनीको श्रीमती सम्झना घिमिरेले लामिछाने,  कँडेल र  कार्की विरुद्ध आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको किटानी जाहेरी दिएकी थिइन् । पत्रकार पुडासैनी आत्महत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआइबी’का चार जनाको टोली अनुसन्धानका लागि सोमबार चितवन पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata