क्वेटाको तरकारी बजारमा बम बिस्फोट, १६ जनाको मृत्यु, ३० घाइते

शुक्रबार, चैत्र २९, २०७५



क्वेटा ।  पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा आज(शुक्रबार) बिहान भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएका छन् ।

क्वेटा प्रहरी उपरीक्षक अब्दुल राजाकका अनुसार बिहान ७:३५ बजे हजारगुन्जी  स्थित एक तरकारी बजारमा उक्त बम बिस्फोट भएको हो । तरकारी विक्रेता र क्रेताहरु ज्यादा प्रभावित भएको र घाइतेहरुलाई बोलान मेडिकल कम्प्लेक्स रशिभिल हस्पिटलमा उपचारका लागि लागिएको छ ।

Web Desk April 12, 2019 HomeLatestPakistan Quetta bomb blast leaves 16 dead, 30 injured

समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।उक्त बिस्फोट पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् । पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।

यस विस्फोटपछी पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सुरक्षा निकायलाई घाइतेको उपचारमा कुनै कसर नराख्न आग्रह गरेका छन् । साथै प्रधानमन्त्री खानले सुरक्षा सतर्कतामा विशेष चासो दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank