१५० हिन्दु तीर्थयात्रीहरू बाढीमा फसे

सोमवार, बैशाख २, २०७६



क्वेटा । क्वेटाको बोलान काच्ची क्षेत्रबाट अलपत्र परेका १५० हिन्दु तीर्थयात्रीहरूलाई पाकिस्तानी सेनाले उद्धार गरेका छन् ।

क्वेटाको नासहरबाद र जाफरबाद शहरका बासिन्दाहरु तथा भक्तजनहरु उँट चढेर ‘बैसाखी फेस्टिवल’ मनाउन जाँदै गर्दै अकस्मात परेको भारी वर्षाका कारण उनीहरु अलपत्र परेका थिए ।

“खाना, कपडा लगायतका राहतको सामग्री लिएर उक्त क्षेत्रमा पाकिस्तानी सेना पुगेको छ।” मुख्यमन्त्री जम कमल खानले बताए । बालबालिका, महिला लगायत सम्पूर्ण तिर्थयात्रीहरुलाई सकुसल फर्काउने कार्य भइरहेको उनले बताएका छन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank