कतारले निःशुल्क मेडिकल सुविधा दियो तर म्यानपावरले १३ करोड असुले

बिहिबार, माघ ९, २०७६



काठमाडौं । रोजगारीका लागि कतार जान गरिने स्वास्थ्य परीक्षण निःशुल्क भए पनि प्रि–मेडिकलको नाममा १३ करोड भन्दा बढी असुलेको पाइएको छ । नेपाली युवा कतार पठाउँदै आएका म्यानपावर कम्पनीले कतार भिसा सेन्टर काठमाडौंमा निःशुलक गर्न सकिने स्वास्थ्य परीक्षणवापत श्रमिकलाई दोहोरो मेडिकल गर्न लगाएर १३ करोडभन्दा बढी अतिरिक्त शुल्क भराउन बाध्य पारेका छन् ।

२०१९ को जुन १८ मा कतारको गृह मन्त्रालयले बायोमेट सर्भिसेस प्रालिलाई नेपालमा निश्चित आवासीय प्रक्रियाहरूमा काम गर्ने गरी श्रमिकको हकमा निःशुलक मेडिकल र बायोमेट्रिकको सेवा सञ्चालन गर्ने अधिकार दिएको भए पनि म्यानपावरले श्रमिकसँग जनही चार हजार पाँच सय लिएर दोहोरो स्वास्थ्य परीक्षण गराउने गरेका छन् ।

कतार भिसा सेन्टरमा लाइनमा बसेका केही नयाँ र कतारबाट फर्केर पुनः जाने कामदारले भने दोहोरो मेडिकल नगरेको बताइएको छ । यसरी दोहोरो स्वास्थ्य परीक्षण नगराउनेको संख्या भने २० प्रतिशत पनि छैन ।

कतार भिसा सेन्टरले नेपालमा सेवा सुरु गरेपछि मात्र कतार जाने ६० हजारको हाराहारीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । यीमध्ये आधालाई मात्र प्रि–मेडिकल गर्न लगाए पनि ३० हजार युवालाई जनही ४ हजार पाँचसय शुल्क थप दिए पनि १३ करोड हुन आउँछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments